एक अध्ययनले तनावग्रस्त पुरुषले मोटीघाटी महिलालाई मन पराउने गरेको तथ्य पत्ता लगाएको छ । बेलायतमा गरिएको अध्ययनले जुन पुरुषले तनावपूर्ण माहौलमा काम गर्नुपर्छ उ आफ्नो निजि जिवनमा मोटीघाटी महिलाप्रति बढि आकषिर्त हुन्छ ।

शोधकर्ताहरुका अनुसार जो मर्द तनावले भरिएको ठाउँमा निकै मिहिनेत गरेर काम गर्नुपर्छ ऊ महिलाहरुको मामिलामा निश्चित वर्गमा केन्दि्रत हुन्छ । न्युक्यासल विश्वविद्यालयका शोधकर्ता मार्टिन टोबीका अनुसार भोकमरी ग्रस्त ठाउँका पुरुष पनि मोटी महिलालाई मन पराउने गर्छन् । उनका अनुसार कस्तो जिउडालकी महिलालाई मन पराउने भन्ने कुरा पुरुषको सामाजिक परिवेश, उसको शारीरिक अवस्थाका साथै कार्यस्थलको वातावरणले पनि निर्धारण गर्छ ।

वास्तवमा पुरुषले कस्तो जिउडालकी महिला मन पराउने भन्ने कुरा समय परिस्थितिले निर्धारण गर्छ । कुनै एक परिवेशमा रहेको पुरुष फरक परिवेशमा सर्ने वित्तिकै महिलाको जिउडालप्रतिको उसको मान्यता बदलिन्छ अर्थात् आफुले मन पराउने ‘आदर्श महिला सरीर’ को परिभाषा नै बदलिन्छ ।

यसप्रकार जुन पुरुषले तनावको वातावरणमा काम गर्नुपर्छ उसले निजि जिन्दगीमा मोटीघाटी महिलालाई मन पराउनुको उसको मनोवैज्ञानिक कारणले हो । उसले मोटीघाटी जिवनसाथीको साथमा आफुलाई बढि सुरक्षित ठान्दछ र तनाव घटेको महसुस गर्दछ ।